पाँचथर । याङवरका गाउँपालिका २ फलैचाका एक युवकको खेलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा फलैचाका २२ वर्षीय बिमल कुुमार सेलिङ रहेका छन् ।
सेलीङ गत शुक्रबारबाट इन्द्रावती खोलाले बगाएर बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ता भए लगत्तै खोजी कार्य शुरु गरेका प्रहरी र स्थानीयले गर्ने क्रममा खोलाले बगाएको स्थान भन्दा ४ सय मिटर तल शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।