काठमाडौं । विजया दशमी नजिकिएको छ । यस्तो हामी सबैलाई एउटा कुराको महसुस पक्कै भएको होला, त्यो हो पहिले जस्तो दशैंको शुभकामना दिन चिठी वा अन्य पत्र पठाउने प्रचलन करिब हटिसकेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले शुभकामना आदानप्रदानका लागि यो निकै उपयुक्त माध्यम बनेको छ ।
सामाजिक सञ्जालबाट शुभकामना दिनका लागि पोस्टरको धेरै महत्त्व हुन्छ । के तपाईंलाई थाहा छ रु हामी आफ्नो फोनबाट नै स्तरीय पोस्टर बनाउन सक्छौं । यस्ता पोस्टरहरू विभिन्न चाडपर्वमा आफ्नो सामाजिक सञ्जालमा राखेर शुभकामना दिन उपयुक्त हुन्छन् ।
आज हामी एन्ड्रोइड फोनबाट राम्रा शुभकामना पोस्टर बनाउन सिकाउँछौ । त्यसका लागि केही विशेष प्रक्रियामा ध्यान दिनुपर्छ । माथि देखिएको पोस्टर देख्दा बनाउन जति गाह्रो देखिन्छ वा गाह्रो लाग्न सक्छ, बनाउन थालेपछि सोचेभन्दा सजिलो छ ।
फोनबाटै पोस्टर निर्माण गर्न सघाउने एक एप र त्यसको प्रक्रियाबारे यहाँ चर्चा गरिएको छ । यसका लागि तपाईंले दुईवटा प्रक्रियामा राम्रोसँग काम गर्नुपर्ने हुन्छ ।