इलाम । इलाममा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो इलाम नगरपालिका ५ बिब्ल्याटेस्थित मेची राजमार्गमा दुर्घटना भएको थियो ।
ताप्लेजुङबाट काठमाण्डौं आउँदै गरेको प्र. ३ बा ०८८५ नम्बरको स्कोरपियो र बिपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-०१४ प १०६० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक इलाम नगरपालिका ४ बस्ने २३ वर्षीय विशाल राई घाइते भएका थिए ।
घाइते विशाल राईलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याउन लागिएकोमा उनको बाटोमा नै मृत्यु भएको हो ।
गाडी तथा चालक नुवाकोट कपने गाउँपालिका ७ बस्ने २४ वर्षीय छिरिङ तामाङ प्रहरीको नियन्त्रणमा र लाश पोस्टमार्टमको लागि हाल जिल्ला अस्पताल इलाममा राखिएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।