काठमाडौँ ।नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भोट जोड्दा पनि मधेसका ३२ वटै सिटमा पाँच दलीय गठबन्धन नै बलियो देखिएपछि यी दुई पार्टी बीचको तालमेल अप्ठेरोमा परेको छ।
एमाले स्थायी समितिका एक मधेसी नेताका अनुसार लोसपाका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले चुनावी तालमेल चाँडै टुंग्याउन ओलीसँग आग्रह गरिरहेपछि एमालेका नेताहरूले मधेसमा प्रतिनिधि सभाका ३२ वटै क्षेत्रमा एमाले र लोसपाको भोट जोडेर विश्लेषण गरेका थिए।