पाँचथर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा प्रमुख निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ ।
फिदिम स्थित हुलाक लाइनमा रहेको जिल्ला हुलाक कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।उक्त निर्वाचनको लागि जिल्ला अदालत पाँचथरका न्यायाधीश टिकेन्द्र दहाललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
मुख्य निर्वाचन अधिकृत दहालले बोर्ड पढेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । उनले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
पाँचथर जिल्लामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।