पाँचथर । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ । उसले निर्वाचन क्षेत्र अनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो । आयोगले प्रतिनिधि सभातर्फ पाँच वटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो। जसमा २५ लाख, २९ लाख, ३१ लाख र ३३ लाख निर्धारण गरिएको छ ।
त्यस्तै, प्रदेश सभातर्फ पनि पाँच समूह बनाएर १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई पाँच समूहमा वर्गीकरण गरी खर्चको सिलिङ प्रस्ताव गरेको छ । ’क’ वर्गको निर्वाचन क्षेत्र ५ वटा रहेका छन् जहाँ उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव छ ।
’ख’ वर्गमा २३ वटा निर्वाचन क्षेत्र छन् । जहाँ २७ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव आयोगको छ । ’ग’ वर्गमा ६६ वटा निर्वाचन क्षेत्र छन् । जहाँ २९ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ । ’घ’ वर्गमा ४४ वटा निर्वाचन क्षेत्र छन् । जहाँ ३१ लासम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ । ’ङ’ वर्गमा २७ वटा निर्वाचन क्षेत्र छ । जहाँ ३३ लाखसम्म खर्च गर्न पाइने प्रस्ताव गरिएको छ । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमाा २५ लाखसम्म खर्चको सीमा तोकिएको थियो ।
३३० प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि ५ सूमहमा निर्वाचन क्षेत्रलाई वर्गीकरण गरिएको छ । ’क’ वर्गमा ५५ वटा निर्वाचन क्षेत्र छन् । जहाँ १५ लाखसमम खर्च गर्न पाइने प्रस्ताव गरिएको छ । ’ख’ वर्गको निर्वाचन क्षेत्र १५२ वटा छन् । जहाँ १७ लाख खर्च गर्न पाउने प्रस्ताव गरिएको छ । ’ग’ वर्गको निर्वाचन क्षेत्र ६४ वटा छन् । जहाँ १९ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ । ’घ’ वर्गको निर्वाचन क्षेत्र ३१ वटा छन् । जहाँ २३ लाखसम्म खर्चको सीमा प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगले गरेको प्रस्तबित समुहमा पाँचथर प्रतिनिधि सभामा समुह ‘ङ’ मा परेको छ । पाँचथरका प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । प्रदेश सभामा पाँचथरका दुबै क्षेत्र ’ग’ वर्गको निर्वाचन क्षेत्रमा परेका छन् जसमा प्रदशेसभाका उम्मेदवारले १९ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ ।

प्रतिनिधि सभातर्फ

प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ