पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फिदिम वडा नम्बर ४ गढीबाट हिलिहाङ गाउँपालिका ३ का १८ वर्षीय राजेन्द्र परियारलाई पक्राउ गरेको हो ।
परियारको साथबाट ६ पोका ब्राउन सुगर २०० मिलिग्राम र नगद ७,९०० रुपाैँया बरामद गरेको प्रहरीले जनाएको छ ।
परियारलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।