पाँचथर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको अध्यक्षमा पुनः कमल थपलिया निर्वाचित भएका छन् ।
आइतबार फिदिममा आयोजित ७ औं जिल्ला अधिबेशनले थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । थपलिया यसअघि पनि संघको जिल्ला अध्यक्ष थिए ।
समितिको उपाध्यक्षमा मदन लावती, सचिवमा सन्दिप नेम्वाङ, सह सचिवमा रितुवणर् तुम्वापो र इश्वरी खरेल चयन भएका छन् । त्यस्तै, कोषाध्यक्षमा सरिता मगरलाई चयन गरिएको हो । अधिबेशनबाट सर्वसम्मत रुपमा समिति चयन गरिएका अध्यक्ष कमल थपलियाले केन्जो खबरलाई जानकारी दिए ।