पाँचथर । पाँचथरमा म्यादी प्रहरीका लागि १ हजार ५ सय ५० जनाले दरखास्त दिएका छन् । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गृह मन्त्रालयले भदौ ३० देखि असोज ६ गतेसम्म समय निर्धारण गरेकोमा यस अवधिमा सो संख्यामा आवेदन परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सन्तोष राईले जानकरी दिए ।
पाँचथरमा १ हजार १ सय ५९ जना पुरुस र ३ सय ९१ जना महिलाले म्यादी प्रहरीका लागि दरखास्त दिएको राईले जानकारी दिए । म्यादी प्रहरीका लागी जिल्ला प्रहरी कार्यालय पाँचथरमा दरखास्त दिएका हुन् ।
४ सय ४६ जना पूर्व म्यादि र ३ जना पूर्व प्रहरीहरुले म्यादी प्रहरीका लागि दरखास्त दिएको राईले जानकारी दिए