पाँचथर । पाँचथर सदरमुकाम फिदिममा नेपाल विद्यार्थी संघले एक दिने प्रशिक्षण तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्यार्थी संघ पाँचथर बहुमुखि क्यापस इकाइले सो कार्यक्रम आयोजना गरेको हो । नेपाल विद्यार्थी संघ पाँचथर बहुमुखि क्यापस इकाइका कार्यबहाक सभापति सुबास बाँस्कोटाकाे अध्यक्षता र नेपाली कांग्रेस पाँचथरका जिल्ला सभापती सभापति रुपनारायण जबेगुकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पाँचथरका निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुङ,फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले र तरुण दल र नेबिसंघका नेताहरुको उपस्थिती रहेको थियो ।
नेपाल विद्यार्थी संघ, संगठन र जिल्ला भित्र संगठन बिस्तार, पाँचथरमा रहेका बिद्यालयमा शिक्षाको अबस्था, विद्यार्थीको काम र कर्तव्यका बिषयमा प्रशिक्षण दिईएको बताईएको छ ।