पाँचथर । जिल्ला ट्राफिक कार्यालयले पाँचथरले फिदिम अस्थाई बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि यात्रु सहायता कक्षको उद्घाटन गरिएको थियो ।
यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउने उद्देश्यले आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्ष दसैँ-तिहार लक्षित गरेर सञ्चालन हुनेछ । यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश गैरेले यात्रुको सुरक्षाका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरी दुवै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।
चार्डवार्डको बेला पहाडी भेगमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना निम्तिने गरेको जिल्ला ट्रफिक कार्यालय पाँचथरका प्रमुख दिपक दुलाले बताए । उनले पैसाभन्दा यात्रुको जीवनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दुलालले यात्रामा कुनै समस्या आइपरेमा सहायता कक्षमा खबर गर्न आग्रह गरे ।