पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले जिल्लामा हुने सम्रग विकासमा सबै पार्टी र सरोकारवालहरुले हातेमालो गर्नु पर्ने बताएका छन् ।
फिदिममा भएको वृहत आँखा शिविरको समापन्न कार्यक्रममा बोल्दै आङदेम्बेले सो कुरा बताएका हुन् । जिल्लामा पछिल्ला दिनहरुमा विकास निर्माण जस्ता कुरामा पनि राजनिति हुन थालेको भन्दै आङदेम्बे चिन्ता व्यक्त गरेका छन् । सम्रग जिल्लाको विकासनै सबै दलको साझा मुद्धा रहेको बताउदै जिल्लाको विकासमा सबै लाग्नु पर्ने बताएका हुन् । सोहि कार्यक्रममा बोल्दै आङदेम्बेले पाँचथर अस्पताल एक सय शैयाको बन्ने प्रकृया सुरु भइसकेको र अब पाँचथरका नागरिकहरुले गुण्स्तरीय स्वास्थ्य सेवा पाउने बताएका छन् ।
एक सय शैयाको अस्पताल निर्माण गर्ने सबै प्रकृयाहरु पुरा भएको भन्दै आङदेम्बेले अब छिट्टै अस्पतालमा सुबिधाहरु थपिदै जाने बताए । आङदेम्बेले आफु भुमिकामा रहदा पनि र नरहदा पनि जिल्लाको विकासमा काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।