पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका पालिका भित्रका महिलालाई पालिकाले भत्ता दिने निणर्य गरेको हो ।
साउन महिनाबाटै उक्त भत्ता दिइने तथा त्यसका लागि पालिका भित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।
पालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा नामक भत्ता दिने तथा उहाँहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति लिएको छ ।
अहिले मिक्लाजुङ गाउँपालिकाले कार्यविधि बनाएर यो भक्ता वितरण गर्न लागेको माखिमले जानकारी दिए । वडाहरुले तथ्याङक लिने काम गरिरहेका छन् । वडाहरुले तथ्याङ ल्याए पछि भक्ता वितरणको काम गरिने माखिमले बताए ।