पाँचथर । नेपाली यू-१५ महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । पाँचथरकी पुनम चेम्जोङ ३० जनाको बन्द प्रशिक्षण समेत परेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।एन्फाले अब बन्द प्रशिक्षणमा ३० खेलाडी रहेको जनाएको छ ।
पाँचथरको प्रतिनिधित्व गर्दै ३० भित्र पर्न सफल भएकी पुनम यू-१५ को टिममा पर्नेमा आशाबादी रहेको पाँचथरका फुटबल प्रशिक्षक पासाङ तामाङले बताए । उनको मेहनत र लगशीलताले उनि छनोट हुने सम्भावना देखिएको तामाङले केन्जोखबरसंग बताए । एन्फाले बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी बन्द प्रशिक्षणमा राखेको हो । ढाकामा हुने यू-१५ साफ महिला च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ सम्म हुनेछ ।
एन्फाले यू-१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरिसकेको छ ।
बन्द प्रशिक्षणमा रहेका टोली –
गोलकिपरः राधिका ओली, सुजता तामाङ, सानिमाया स्याङ्ताङ, रुपा धिमाल
डिफेन्डरः दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया
मिडफिल्डरः रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार
फरवार्डः समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया