पाँचथर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश-१ स्तरीय छनोटको पुरुष फुटबलखेल आज पाँचथरले धनकुटा संग प्रतिस्पर्धा गर्दै छ । खेल बिराटनगरको शहिद रङशालामा बिहान ९ः३० बजे हुनेछ । धनकुटा परिचित टिम रहेकाले खेल्न सहज हुने पाँचथरका पशिक्षक पासाङ तामाङलृ जानकारी दिए ।
मंगलबारबाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङ र सुनसरी विजयी भएको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार ताप्लेजुङले सोलुखुम्बुमाथि ९-० को सानदार जित निकाल्यो । ताप्लेजुङको जितमा मन्जित लिम्बुले ह्याट्रिक गरे । यस्तै पुर्ण लिम्बु र विवेक मादेनले २/२ गोल गर्दा ब्रिटिस वानेम र शान्त लिम्बुले एक एक गोल गरे ।
दोस्रो खेलमा सुनसरीले झापालाई ३-१ ले पराजित गर्यो।सुनसरीका लागि दोर्जे तामाङ, दिनेश राई र अशिम राईले एक एक गोल गरे ।झापाका लागि प्रदिप बुढाथोकीले एक गोल फर्काए ।
पाँचथरको टिम
गोल किपर : मिराक खजुम ,डिल्ली आङदेम्बे
डिफेन्स : मनोज राई,विबेक बान्तवा,रोशन आङदेम्बे,नरेश सम्हाम्फे,विदेश आङदेम्बे
मिडफिल्डर : हेमन्त दर्नाल,रिक्तिक आङदेम्बे,अमिन लक्सम,मिहाम नेम्बाङ,निमेश लावती
फरर्वाडः सुमन योङया,दिनेश शेर्मा,जसहाङ नेम्बाङ,निर्देश राई