दिपक बोहोरा ।
स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने पाँचथरका ६ निर्वाचित अध्यक्ष , ५ उपाध्यक्षहरुले निर्वाचन आयोगलाई जरिवाना तिर्नु पर्ने भएको छ ।
गत स्थानिय चुनाबमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका पाँचथरका ४५ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचित भएका मध्ये याङवरकका अध्यक्ष भीम बहादुर योङ्या (सुवास) र उपाध्यक्ष बाबा मेयाङ्बो दुबैले समयमा चुनावी खर्च बुझाएको पाइएको छ । फालेलुङ गाउँपालिकामा निर्वाचित भएका उपाध्यक्ष महेन्द्र हाङ जवेगुले खर्च विवरण बुझाएको पाइन्छ ।
निर्वाचित भएका कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती,फाल्गुनन्द गाउँपालिका बृजहाङ आङदेम्बे,फालेलुङका विरबिक्रम थाम्सुहाङ ,हिलिहाङका समरबहादुर अधिकारी,तुम्बेवाका बाबुराम खड्का,मिक्लाजुङका अमरराज माखिमलाई आयोगले ३ लाख ५० हजार जरिवाना तोकेको छ । कुम्मायक अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा एमालेका भिमप्रसाद सम्हाम्फे,राप्रपाका मदन खालिङ,स्वतन्त्रबाट उम्मेद्धार बनेका सुर्यकुमार राई लाई ३ लाख ५० हजार जरिवाना तोकोको छ ।
यस्तै मिक्लाजुङ गाउँपालिकामा अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका एमालेका नरेन्द्र बस्नेत, राप्रपाका छत्रबहादुर बस्नेत,संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका भानुभक्त फियाक पनि जरिवानामा परेका छन् । फाल्गुनन्द गाउँपालिकामा अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका एमालेका बिरबहादुर कुरुम्बाङ, ,संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अर्जुन चेम्जोङ,राप्रपाका दलसोर चेम्जोङ र जनमुक्ती पार्टीका इच्छाबहादुर चेम्जोङ पनि जरिवानामा परेका छन् ।
फालेलुङ गाँउपालिकामा अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका एमालेका जयप्रकाश केरुङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका कुमार केरुङ,राप्रपाका देबेन्द्र खत्रि पनि जरिवानामा परेका छन् । हिलिहाङ गाँउपालिकामा अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा एमालेका भवानी लिङदेन र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका भवानी बिक्रम लिङदेन पनि जरिवानामा परेका छन् । अध्यक्षका स्वतन्त्र उम्मेद्धार गजेन्द्र प्रसाद हेम्बिया पनि जरिवानामा परेका छन् ।
याङवरका गाँउपालिकामा अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेपाली कांग्रेसका मबिन्द्र योङया, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका सुरेन्द्र लावती जरिवानामा परेका छन् । तुम्बेवा गाउँपालिकामा अध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका एमालेका गोबिन्द बहादुर तामाङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दल प्रसाद लावती जरिवानामा परेका छन् ।
उपाध्यक्ष तर्फ निर्वाचित भएका कुम्मायक गाउँपालिकाका महेन्द्रबहादुर खड्का,तुम्बेवा गाउँपालिकाका खड्क सुन्दर सम्हाम्फे,फाल्गुनन्दका ठाकुरसिं नेम्बाङ, हिलिहाङ गाउँपालिकाकी सुमित्रा सेढाई र मिक्लाजुङका सन्तकुमार सेर्मालाइ आयोगले ३ लाख ५० हजार जरिवाना तोकेको छ ।कुम्मायक उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा एमालेका सिता आर्चाय,राप्रपाकी रोशनी बोहोरा लाई ३ लाख ५० हजार जरिवाना तोकेको छ ।
तुम्बेवा गाउँपालिकामा उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा एमालेकी नन्दाकुमारी विश्वाकर्मा ,फालेलुङ गाउँपालिकामा उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएकी एमालेकी सुजता बान्तवा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी मायादेवी मेङवो पनि जरिवानामा परेका छन् ।
फाल्गुनन्द गाउँपालिकामा उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका जनता समाजबादीकी बबिता नेम्बाङ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी सर्मीला बम्जन,राप्रपाकी इन्द्रकुमारी चेम्जोङ पनि जरिवानामा परेका छन् ।
मिक्लाजुङ गाउँपालिकामा उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा एमालेकी धनमाया सारु, जनता समाजबादी पार्टीकी मनमाया आङदेम्बे पनि जरिवानामा परेका छन् ।
याङवरक गाउँपालिकामा उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा माओबादी केन्द्रका अर्जुनकुमार बेघा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी रमला फेदाप, जनमुक्ती पार्टीका होमप्रसाद नुगु पनि जरिवानामा परेका छन् ।
हिलिहाङ गाउँपालिकामा उपाध्यक्षमा उम्मेद्धारी दिएका तर पराजित भएका नेकपा एकृकित समाजबादीका भवानी प्रसाद लिङदेन जरिवानामा परेका छन् ।
स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ । समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो।
हेर्नुस सुचीः