पाँचथर । निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने, ढिलो गरी बुझाउने नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजारका दरले जरिवाना गरेको छ । खर्च बिवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई स्पष्टीकरण सोधिएको र सो चित्तबुझ्दो नभएपछि देशभरका ३ हजार ७ सय ५६ नगर प्रमुख/उपप्रमुखका उम्मेदवार जरिवानामा परेका हुन् ।
समयमै खर्च विवरण समयमै नबुझएका फिदिम नगरपालिकामा निर्वाचित भएका नगरप्रमुख मित्र प्रसाद काफ्ले लाई ४ लाख ५० जरिमाना तोकेको छ । यस्तै, गत स्थानिय तहको निर्वाचनमा फिदिम नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेद्धार बनेर पराजित रहेका पृथ्वी लावती, जनता समाजबादी पार्टीबाट मेयरका उमेद्धार रहेका विष्णु कुमार लावती, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चको तर्फबाट मेयरका उम्मेद्धार रहेका देउकुमार नेम्बाङ लाई ४ लाख ५० हजार जरिवाना तोकेको छ ।
फिदिम नगरपालिकामा निर्वाचित भएका उपप्रमुख राधाकृष्ण न्यौपाले ४ लाख ५० जरिमाना तोकेको छ । यस्त,ै गत स्थानिय तहको निर्वाचनमा फिदिम नगरपालिकामा नेकपा जनता समाजबादी पार्टीको तर्फबाट उममेयरका उम्मेद्धार बनेकी भावना सुब्बा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चको तर्फबा उपप्रमुखको उमेद्धार बनेकी सुनिता केरुङ, जनमुक्तिी पार्टीबाट उपप्रमुखको उम्मेद्धार रहेका सनम तुम्बापो र राप्रपार र एमालेको गठबन्धबाट उपप्रमुखको उम्मेद्धार बनेका जगत प्रसाद थापामगरलाई जनही ४ लाख ५० जरिवाना तोकेको छ ।
आयोगले एक सूचना निकालेर जरिवानामा परेका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनाव खर्चको विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई गत साउन ३१ गते स्पष्टीकरण सोध्ने निणर्य गर्दै भदौ १ गते १ हप्ताको समय दिएर स्पष्टीकरण मागेको थियो ।
हेर्नुहोस् विवरण :