एपि तोलाङ
कोरी लमजुङ हिमालको काखमा रहेको रमणीय दृश्यले भरीएको पहाडी खर्क हो । जुन पहाड कास्की जील्लाको उत्तरी भेगमा ३८००मी उचाइमा अवस्थति छ र यो नेपालको मध्य बिन्दुमा पर्दछ । प्राकृतीक रमणीय दृश्यले भरीपुर्ण यस ठाँउमा मौसम अनुसारको रमणीय दृश्यहरु अनुभब गर्न सकीन्छ ।
बर्षा याममा पहाड भरी रङ्गी बिरङ्गी फूलहरु फूलेर बासना छर्दै ढपक्कै ढाकेको हुन्छ । भेडी गोठहरु पनि यही मौसममा चराउन लगिएका हुन्छन । पहाड भरी याता उता भेडाहरु रमाउदै चरी रहेको मनोरम दृष्यहरु देख्न सकीन्छ ।
शरद मौसममा बिस्तारै चिसो बडेसँगै पहाड भरी रहेका बनस्पतीहरुले सुनौलो, सुन्तला रङ्ग फेर्दछ र बिभीन्न रङ्गहरु ढाके झै देखीन्छन पहाडहरु ।
हिउँद मौसम सुरु भएसँगै पहाड भरी सेताम्य पिठो छरे जस्तो सफा सेतो हीउले ढाकेको देखीन्छ । चारै तीर सेतो हीउले ढाकेको पहाडहरु हेर्दा स्वार्ग पुगेझै लाग्दछ । कोरी यती धेरै प्राकृतीक सौदर्यहरुले भरीपुर्ण हुदा हुदै पनि प्रशस्त मात्रामा प्रचार प्रसारको कमीले गर्दा पर्यटकीय गन्तब्यको रुपमा ओझलमा परेको देखीन्छ ।
कोरी पदमार्ग सुरु गर्नको लागी पोखराको काउखोलाबाट जीप अथवा बसमा लगभग ३ देखी ४ घन्टाको यात्रा पछी सीकलेस गाँउ पुगीन्छ । सीकलेस गाउँबाट कोरीको लागी पैदल यात्रा शुरु हुन्छ । सीकलेस गाउँबाट केही घन्टाको ओरालो हिडाइ पछी मदी खोला पुगीन्छ । मदी खोलामा रहेको झोलुङ्गे पुल तरेर ४ देखी ५ घन्टाको उकालो हीडाइ पछी पहीलो दिनको बिश्राम स्थल टस पुगीन्छ । जंगलको बिचमा अवस्थीत टसमा खान बस्नको लागी एउटा साधारण होटेल रहेको छ । टसमा त्यस दिनको लागी बिश्राम लिन सकिन्छ ।
टसमा रातको खान पिन बसाई पछि बिहानको चिया नास्ता अथवा खानापिन गरेर जङ्गल नै जङ्गलको बिच यात्रा गर्दै चरा चुरुङ्गीको आवाज सुन्दै बाटोमा देखीएका जंगली च्याउहारु हेर्दै लगभग ४, ५ घन्टाको उकालो हिडाइ पछि ३८०० मीटर उचाइमा अवस्थीत कोरी पहाड पुगीन्छ ।
जब कोरी पहाड पुगेर चारैतीर हेर्दछौ रङ्गी बिरङ्गी फूलहरुले ढाकेको पहाडका थुम्काहरु देखिन्छ र मनमा छुट्ै सँसार पुगेझैँ लाग्दछ । उत्र्तर तर्फ लमजुङ हिमाल सँगै अन्नपुर्ण श्रेणीका हिमालहरु टल्की रहेका देख्न सकीन्छ भने दक्षिण तर्फ पर पर सम्म पहाड नै पहाडका श्रेणीहरु देख्न सकिन्छ । कोरी पहाडमा केही होटलहरु सञ्चालनमा रहेका छन् ।
शहरको कोलाहलबाट केही दिनको लागी बिश्राम लिएर प्राकृतीक स्रौदर्य रमाउदै शरीरमा नँया उर्जा भर्न सकिन्छ । काठमाण्डौबाट सजिलै पुग्न सकिने नजिकको कोरी पदमार्ग प्राकृतीक सौदर्यको लागी उपयुक्त पदमार्ग हुन सक्दछ ।
सबै तस्विर ः एपि तोलाङ
instagram: gorkhe1980
: travellersNep