पाँचथर– पाँचथर जिल्ला अस्पताल परिसरमा निशुल्कः आँखा शिविर सुरु भएको छ । जनसेवा समाज पाँचथरको आयोजनामा शनिवारदेखि सुरु भएको शिविर असोज–४ गतेसम्म सञ्चालन हुने छ ।
पहिलो दिन ३ सय ६१ आँखा चेक जाँच गराएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । शनिवार ४६ जनाको आँखा अप्रेशन भएको छ ।
मोतिया बिन्दु, खस्रे रोग, आँखामा अैजेरु पलाएकाको शिविरमा अप्रेशन हुने छ ।
फिदिम नगरपालीकाको सहयोगमा यो शिविर सञ्चालन भएको हो । आँखा शिविरमा मेची आँखा अस्पताल झापाका चिकित्सकले सेवा दिईरहेका छन् ।