काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध जारी पहिलो सेमिफाइनलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
नेपालले इन्ज्युरी समयको पहिलो हाफमा अग्रता लिएको हो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै गोल गरिन् ।
त्यसअघि २३अौं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सटिक हुन सकेन । लगत्तै अर्कोतर्फ गिता रानाको फ्रिकिक पोस्टबाट निकै टाढा गयो ।
३३ अौं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन । रन्जना चानुको ब्याकपास गोलरक्षक अदिति चौहानले मिस गरेपनि नेपाली फरवार्डले बल क्लियर हुनुअघि त्यहाँसम्म पुग्न सकेनन् ।
४२ अौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन ।