पाँचथर । पाँचथरमा जनता समाजवादी पार्टीका ५४ जना नेताहरुले पार्टी छाडेका छन् । केन्द्रिय सदस्य,केन्द्रिय परिषद सदस्य, केन्द्रिय लेखा समिति सदस्य, जिल्ला तहका नेता र स्थानिय तहका नेताहरुले संयुक्तरुपमा पार्टीबाट राजिनामा दिएका छन् ।
पार्टीमा स्वेच्छ चारिता, संगठन निमाणर्मा उदासीनता, संगठन सञ्चालनमा असक्षमता जस्ता कारणले पार्टिभित्र व्यक्तिवाद हावी र विसर्जनतिर उन्मुख रहेको भन्दै नेताहरुले राजिनामा दिएका छन् ।
पार्टिमा पहिचान सहितको संघियता, समावेसी सहभागिता लगायतको मुद्धालाई संस्थागत गर्न नसकेको आरोप नेताहरुले लगाएका छन् । नेताहरुले राजीनामा दिइ स्वतन्त्र भएको घोषण समेत गरेका छन् ।
हेर्नुहोस राजीनापत्र र राजीनामा दिनेहरुको सूची