पाँचथर । साहित्यकार, लेखक तथा समाजसेवी रामप्रकाश गुरुङ ‘समथिङ’ काे ५३ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वासप्रश्वासमा र रगतमा समस्यापछि देखिएको पाँचथरबाट झापामा रेफर गरिएका थियो । बिहिबार झापाको बिएनसी अस्पतालमा उनको निधन भएको हो ।
पाँचथरको निर्वाचन सम्बन्धी ऐतिहासिक र तथ्याङकपरक इतिहास, अन्य साहित्य लेखनमा कलम चलाउँदै आएका समथिङको बिहिबार निधन भएको उनको पारिबारीक स्रोतले जानकारी दिए।
उनको ५५ वटा किताव प्रकाशित भइसकेको छ । समथीङ पत्रकार महासंघ पाँचथरका पूर्व कोषाध्यक्ष, केन्द्रिय पार्षद समेत हुन् । उनि हुकुडेड नेपाल, समथिङ फाउन्डेसन,कञ्चनजङघा बचत सहकारी लगायत पाँचथरका धेरै संघ संस्थामा आबद्धता रहेका थिए ।
उनको एक श्रीमति दुई छोरा रहेका छन् ।