झापा । झापामा एकजना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । महिला बलत्कार आरोपमा बिर्तामोडका एक युवा पक्राउ परेका छन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका २ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको छ । दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।