पाँचथर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट गरेकाे छ । ४० सदस्य टाेलीमा पाँचथरकी पुनम चेम्जाेङ पनि छनाेट भएकी छन् । पुनम फाल्गुनन्द ५ की हुन् ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ ।
एन्फाले यू–१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरिसकेको छ ।
प्रारम्भिक टोली
सविता मण्डल (रौतहट), वर्षा ओली (कैलाली), सिमरन राई (झापा), अमिता भुल (कैलाली), सन्जी थिङ (सर्लाही), जोत्सिनेका मरासिनी (स्याङ्जा), सिवांगी स्नेही (कैलाली), रेणु लिम्बु (झापा), पुनम चेम्जोङ (पाँचथर), अस्मिता खवास (सर्लाही), साधना थापा (सर्लाही), सेनु परियार (नवलपुर), रीना नेपाली (चितवन), रेविका नेपाली (काठमाडौं), प्रेरणा डोल्मा लामा (सर्लाही), सुक्रिया मिया (स्याङ्जा), विपना स्नेही (कैलाली), अञ्जना पुन मगर (दाङ), अभानी सिंह (काठमाडौं), संगीता अधिकारी (सुर्खेत), मनिषा सिंह (गुल्मी), सुशीला केसी (चितवन), डिकी स्याम्बो (काठमाडौं), सुमिना थापा (काठमाडौं), सीता रोकाया (कैलाली), दिपा मगर (उदयपुर), भूमिका बुढाथोकी (कैलाली), दिपा रोकाया (कैलाली), दिलमाया घिसिङ (बारा), निरमाया आचार्य (कैलाली), भावना परियार (स्याङ्जा), पुष्पा सेन (कञ्चनपुर), समीक्षा मगर (उदयपुर), यशोदा बोहरा (बर्दिया), अनिशा राई (चितवन), सुजाता तामाङ (चितवन), झरना डुमरकोटी (काठमाडौं), सानीमाया स्याङ्तान (सर्लाही), राधिका ओली (दाङ) र रुपा धिमाल (मोरङ)