पाँचथर– हाल ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ ।
पाँचथरका विभिन्न विषयको पहिचान झल्काउने किसिमको गीत सार्वजनिक भएको हो । पाँचथरको सस्कृति, परम्परा, भुगोल लगायतका विषय उक्त गितमा समावेश भएका छन् । उक्त थीत चर्चित गायक राजेश पायल राईले स्वर दिएका छन् । पाँचथरको पहिचना झल्काउने गीत ‘दिल्स् क्रियशन’मार्फत् सार्वजनिक भएको हो ।
पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन् । संगीत संयोजन भने आदेश गुुर्माछानले गरेका छन्। जस्केला क्रियशनले लिरिकल भिडियोसमेत तयार गरेको छ। भिडियोले पाँचथरको सजिव चित्रण गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–२ इम्बुुङ जन्म थलो भएका तामाङले गीतले जिल्लाको पर्यटन प्रबद्र्धनमा पनि योगदान पु¥याउन सक्ने बताएका छन् ।
लिरिकल भिडियोमा मध्यपहाडमा नमूूना शहरको रूपमा विकासोन्मुख फिदिम, पाँचथर–इलाम सीमा क्षेत्रको लेकाली बजार राँके, १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको समाधीस्थल सिलौटी, धार्मिक महत्वको जोरपोखरी, पर्यटकीय गन्तव्य साधुुटार, किरात धर्मावलम्बीहरूको तीर्थस्थल यासोकको त्रिशालीलगायत समावेश छन् ।
गीतकाे लिङ्क : https://youtu.be/mMtW8tH90qQ