काठमाडौं ।काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ।आज १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो।
नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवि भण्डारीका विरोधमा प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।
विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्न खोज्दा विद्यार्थीहरु प्रहरीमाथि जाइलागेको हाे ।