पाँचथर । अवैधरुपमा साइकलमा काठ राखेर चोरी तस्करी गर्ने पाँच जना दमकबाट पक्राउ परेका छन् । आज (बुधबार) बिहान ३ बजे दमक वडा नम्बर २ स्थित आम्दा रोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ थान साइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली ५ का १९ वर्षीय नविन लिम्बू, वडा नम्बर ३ का २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम ३ बस्ने २० वर्षीय रमेश लिम्बू र पाँचथर तुम्मेवा १ बस्ने २२ वर्षीय विवेक लिम्बू रहेका छन् ।
अवैधरुपमा सिसौ जातको गोलिया ५ थान (२६.८५ क्युफिट), सखुवा जातको चिरान काठ १४ थान (११.९५ क्युफिट) गरी जम्मा ३८.८० क्युफिट काठ र काठ काट्ने साधनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको काठ र व्यक्तिलाई आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बेलडाँगी दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।