काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा एकजना सुरक्षा गार्ड पक्राउ परेका छन्। काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए।
मन्त्री श्रेष्ठले मन्त्री हुँ भन्दै लाइनमा बस्न नमानेपछि जो भए पनि नियम मान्नुपर्छ भन्दै सुरक्षागार्ड गुरुङले लाइनमा बस्न भनेका थिए। तर त्यही कारण पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रीलाई भनेर ती गार्डलाई पक्राउ गर्न आग्रह गरेका थिए। गृहमन्त्री बालकृष्ण खाँणले कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्यालयले ती गार्डलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
उनलाई दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ। अभद्र व्यवहारमा मुद्दा चलाउन जिल्ला प्रकासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको हो। शुक्रबार पीएसओसहित मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। त्यही क्रममा सुरक्षागार्डले आफूलाई दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठको भनाइ छ।