पाँचथर । आगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पाँचथरले उम्मेदवार सिफारिस गरेको छ । मंगलबार फिदिममा बसेको जिल्ला बैठकले उम्मेदवारहरुको नामावली केन्द्रिय कार्यसमितिलाई सिफारिस गरेको छ ।
मञ्चले एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र सह सचिव सागर केरुङको नाम सिफारिस गरेको छ ।
यस्तै, प्रदेशसभा सदस्यतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र नं. क का लागि नेताहरु रामकुमार लिङदेन, चन्द्रराज आङदेम्बे, देउकुमार नेम्वाङ, मधुराज केरुङ र सुवास केरुङको नाम सिफारिस भएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख का लागि दीपेन्द्र चेम्जोङ ‘लावाहाङ’, जितेन चेम्जोङ, प्रकाश अधिकारी र लोकमान शेर्माको नाम सिफारिस गरिएको प्रचारप्रसार समिति पाँचथरका संयोजक नुनाम केरुङले जानकारी दिए ।