पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश एकको पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुँदैछ । कुल ८ स्थानीय तह रहेको यो जिल्लामा कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे र एमाले नेता वसन्तकुमार नेम्बाङबीच प्रतिस्पर्धा हुने देखिएको छ ।२०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले नेता वसन्तकुमार नेम्बाङ एमालेमा प्राप्त जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित छन् । कांग्रेसबाट पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ ।नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिने आङदम्बे कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भए । दुबै नेताले राष्ट्रिय पहिचान बनाएका छन् ।
अघिल्लो निर्वाचनमा पराजित भीष्मराज आङदेम्बे यसपटक हारको घाउमा मल्हम लगाउने तयारीमा छन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा ०७४ सालको निर्वाचनमा वाम गठबन्धन (एमाले)का तर्फबाट उम्मेदवार बनेका बसन्तकुमार नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङ ३८ हजार ६४१ मत ल्याएर विजयी हुँदा आङदेम्बेले २८ हजार २५ मत ल्याएका थिए।
१० हजार ६१६ मतान्तरले पराजित आङदेम्बे यसपटक कथा बदल्ने दाउमा छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ। एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९५८ मत प्राप्त गरेका छन्। कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एसले २ हजार १६१ र राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन्।
पाँचथरमा सत्तारुढ गठबन्धनका पक्षमा ४१ हजार ६७७ मत देखिन्छ। गठबन्धनको मत मजाले ट्रान्सफर भए आङदेम्बेलाई अघिल्लो निर्वाचनको पराजयको बदला लिन सहज देखिन्छ।
२०७४ को संघीय निर्वाचनको मत परिणाम
वसन्तकुमार नेम्बाङ ३८ हजार ६ सय १६ मत
भिष्मराज आङदेम्बे २८ हजार ३५ मत
मतान्तर १० हजार ५ सय ८१