पाँचथर । गण्डकी प्रदेशमा अर्को महिना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा प्रदेशस्तरीय छनोटमा पाँचथरले १६ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश छनोटमा १६ खेलमा २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पाँचथरबाट पुरुष र महिला फुटबलको लागी समान १६ जना खेलाडीहरु छनोट भएको फुटबल प्रशिक्षक पासाङ तामाङले जानकारी दिए ।
पाँचथरबाट छनोट हुने पुरुष खेलाडी
गोल किपर :मिराक खजुम ,डिल्ली आङदेम्बे
डिफेन्स : मनोज राई,विबेक बान्तवा,रोशन आङदेम्बे,नरेश सम्हाम्फे,विदेश आङदेम्बे
मिडफिल्डर : हेमन्त दर्नाल,रिक्तिक आङदेम्बे,अमिन लक्सम,मिहाम नेम्बाङ,निमेश लावती
फरर्वाडः सुमन योङया,दिनेश शेर्मा,जसहाङ नेम्बाङ,निर्देश राई
पाँचथरबाट छनोट हुने महिला खेलाडी
गोल किपर : सुम्मिता राई, सोनुहाङ आङथुपो
डिफेन्स : प्रबिना कालिकोटे,रिता राई,रेखा राई,भावना राई,सविना राई
मिडफिल्डर : अप्सरा राई,मनिता तुम्रोक,अमृता राई,शान्तीकला राई,बुद्धमा केरुङ
फरर्वाडः अविना राई,सावना राई,प्रतिमा राई,स्वाती जवेगु