झापा ।१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार पक्राउ गरेको छ ।
उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका-१ पुलचोकस्थित होटल र पुन: ईलाम हर्कटेस्थित होटलमा लगि जबरजस्ती करणी गरेको खुलेको छ ।
बालिकाका आफन्तले जबरजस्ती करणीमा उजुरीको दिएपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
ktmdaink