पाँचथर । सरकारले निश्चल शेर्माको निर्माण कम्पनी तुम्येहाङ निर्माण सेवा फिदिम १ पाँचथरलाई ठेक्कापट्टामा एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का पारेर पनि पटक पटक सम्झौता गर्न बोलाउदा पनि सम्पर्कमा नगएको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तुम्बेहाङ निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा तुम्येहाङ निर्माण सेवाले कुम्मायक गाउँपालिकामा स्वास्थ्य चौकी ठेसगारो निर्माण गर्न इबिट मार्फत लो बिटमा (न्युनतम बोलपत्रदाता ) ठेक्का पारि गाउँपालिकाले पटक पटक सम्झौता गर्न बोलाउदा पनि सम्पर्कमा नआउदा कालो सूचीमा राख्न सिफारिस गरिएको कुम्मायक गाउँपालिकाले जनाएको छ ।
अर्को निर्माण कम्पनीलाई सो ठेक्का दिन सार्वजनिक खरिद ऐन अनुसार तुम्येहाङको धरौटी जफत गरी कालो सूचीमा सिफारिस गर्नु पर्ने नियम अनुसार कुम्मायक गाउँपालिकाको कार्यपालिकाको बैठकले तुम्येहाङ निर्माण सेवालाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको कुम्मायक गाउँपालिका इन्जिनियर महेन्द्र बाँस्कोटाले जानकारी दिए ।
बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले तुम्येहाङ सहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
हेर्नुस सार्वजनिक सूचना