पाँचथर । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी लगायत चार कम्यूनिष्ट पार्टीको आह्वानमा भएको बन्दको पाँचथरमा आज बिहानैदेखि प्रभाव परेको छ ।
मोटरसाईकल केही चलेको भएपनि भाडाका सवारी साधन भने चलेका छैनन् । एम्बुलेन्स दुधबोक्ने गाडीहरु चलेका छन् ।
पाँचथर भएर छुट्ने र पाँचथर भित्रने भाडाका सवारी साधन बिहानैदेखि चलेन ।टिकट काउन्टरहरु बन्द रहे । बजार बिहानैबाट बन्द भयो । सरकारी कार्यालय खुलेपनि कार्यालयले गाडीको प्रयोग गरेका छैनन् ।
सार्वजनीक यातायात नचलेका कारण सर्वसाधरणको चहपहल कम देखिएको छ । फिदिम बजार बिहानैदेखि सुनसान छ ।
सरकारले एमसिसी सम्झौता गरेको र बिप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यन्वयन नभएको बिरोधमा बन्द आह्वान गरिएको बताइएको छ ।