धरान । धरान ८ को गुँरास चोक र भाँडामा बस्ने एक अपाङ्ग किशोरीलाई बलात्कार गरेको आरोपमा धरान ८ का ६१ बर्सिया वीरेन्द्र बहादुर शङ्कर पक्राउ परेका छन्। वीरेन्द्र श्रवण ३१ गते पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले जबरजस्ती करणी कसुरमा एक हप्ताको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ
पीडित किशोरीले दैनिक जसो बमिट गरेको र केही नखाने र सुतिरहने जस्ता कार्य गरेपछि किशोरीकी आमाले उपचार गराउन भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी थिइन्। उपचार गर्नु पुगेकी किशोरी ५ महिने गर्भवती भएको बिपीका डाक्टरले बताएका थिए ।
किशोरीकी आमाले पेटको बच्चा फाल्ने निधो गरिन। डाक्टरले पीडितकी आमालाई प्रहरीलाई खबर गर्नु सल्लाह दिए । डाक्टरको सल्लाह अनुसार पीडितकी आमाले प्रहरीलाई सुनाइन्। पीडितलाई सबै कुरा इसारा गरेर भने पछि पीडित किशोरीले शंकरलाई मोटे मोटे काले भन्दै इसारा गर्दे पटक पटक उनको तस्बिर र उनका हर्करतबारे खुलाइन्।
भिडमा छोरा मान्छेहरु राखेर सोध्दा पनि शंकरकै नाम लिएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । डिएनए परिक्षण गर्नु उपयुक्त समय नभएको अबको एक हप्ता पछि मात्र सो गर्भमा रहेको बच्चाको डिएनएको रिपोर्ट आउने डिएसपी श्रेष्ठको भनाई छ । पीडितको उजुरीमा उनले पटक पटक करणीको प्रयास गरेको उल्लेख छ ।
उनलाई प्रहरीले काठमान्डौबाट नै पक्राउ गरेको हो । मानसिक रूपमा अपाङ्ग रहेकी बालिका अहिले परिवारकै आफन्तको संरक्षणमा रहेकी छिन् ।
पुर्वेली न्युजबाट साभार
नाेट : गलत श्राेतका कारण शङ्कर बिपि प्रतिष्ठानको स्वास्थ्य बिमा तर्फकाे कर्मचारी भनी समचार प्रकाशित गरिएकाेमा क्षमाप्रार्थी छौं । समचारकाे कारण सम्बन्धित संस्थामा ठेस पुगेको प्रती हामी दुखित रहेका छाै र अागामी दिनहरूमा यस प्रकारका समचार प्रकाशन प्रकाशित गर्दा थप जिम्मेवार बन्ने कुर जानकारी गराउँदछाैं । – सम्पादक