ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।
श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ’ प्रहरी निरीक्षक घिमिरेले भने ‘युवती उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।
उनीहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।