पाँचथर– बर्षा ऋतुमा जताजतै हरियाली छाएको हुन्छ । पहाडमा फुत्त भुईकुहिरो निस्कने र क्षणभरमै छ्याङ्गै हुने मौसमको लुकामारी चल्ने यो बेलामा पाँचथरको साधुटार हेरीरहँु लाग्ने भएको छ ।
पाँचथरको फिदिम नगरपालीका–८ मा रहेको साधुटार निक्कै चर्चित गन्तव्य हो । हिँउदमा पोखरीमा हिमाल टल्किएको आर्कषक देखिने यो ठाँउमा मनसुनको सौन्दयर्ता उत्तिकै आर्कषक देखिन्छ ।
भरखरै खनेका लेकाली आलु, टिम्बुर चिम्फिङको अचारसँग खादै दृष्यमा रमाउन सकिन्छ ।
हरियाली मस्त भएको छ । बेलाबेला कुहिरोले अनेकन आकार बनाउँछ ।
मेची राजमार्गको पौवाभञ्याङदेखि नजिकै साधुटार पर्छ । पुग्नेबेला बाहेक बाटो त्यती नराम्रो छैन् ।
लेकाली मौसममा रमाउदै हरियाली दृष्य देख्न पाईन्छ ।
मौसम अनुसार साधुटारको रुप फरक फरक हुन्छ । मनसुनको रुप हेर्न लायक छ ।