कुमार खड्का ।(यासाेक )
उद्योग वाणिज्य संघ शाखा यासोकको तेस्रो साधरणसभाबाट अध्यक्षमा गोपाल पोखरेल चयन भएका छन् । पोखरेल यासोक शाखाको संस्थापक अध्यक्ष समेत हुन्
संघको वरिष्ठ उपाध्यक्षमा याम बहादुर बाेहाेरा र प्रथम उपाध्यक्षमा उमा चाम्लिङ राई , उपाध्यक्षमा दुर्गा प्रसाद बम्जन, महासचिवमा रमेश बि.सि, सचिबमा तिलक खवास निर्बिरोध निर्वाचित भए । त्यस्तै, संघको कोषाध्यक्षमा लक्षमण लक्की सम्बाहाम्फे चयन हुँदा सदस्यहरुमा क्रमशः गोपाल खड्का, ताराचन्द्र साप्कोटा, इन्द्रकला लावती राई , गणेश काफ्ले र चन्द्र लावती चयन भए ।
साधरणसभा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तारानाथ घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । त्यस्तै, संघका जिल्ला अध्यक्ष नवराज घिमिरे, यासोक शाखाका निबर्तमान महासचिव तथा कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का , संघका पूर्व अध्यक्ष नरेन्द्र बोहोराले पनि भनाइ राखेका थिए ।
कार्यक्रम यासोक शाखाका निबर्तमान अध्यक्ष मेगराज निरौलाको अध्यक्षतामा सम्पन्न भएक्ल थियो ।