पाँचथर ।अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार सम्पन्न कार्यसमिति बैठकले विशेष साधारण सभा असोज १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा विधिवत रुपमा अगाडि नै एजेन्डा उपलब्ध गराएर बसेको पहिलो बैठकले यो बाहेक थप १८ वटा निर्णय गरेको छ ।
कार्यसमितिका सबै सदस्य उपस्थित बैठकले एन्फाकोयस्तै, प्रवक्तामा पाँचथरका सुरेश साहलाई नियुक्त गरेको छ । शाहा लामाे समय देखि नेपाली फुटबलकाे विकासमा लागि परेका ब्यक्ति हुन् ।