पाँचथर । पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सरकारले पूर्व प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरा माथिको महाअभियोग पास गर्ने नियतले नल्याएको बताएका छन् । मंगलबार पाँचथर सदरमुकाम फिदिममा प्रेस चौतारी पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्बाङले सो कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा बेल्दै नेम्बाङले महाअभियोग समितिलाई यो सरकाले काम गर्नै नदिएको बताएका छन् । ‘समितिलाई कानुन अनुसार काम गर्न ३ महिला लाग्छ, तर संसद अशोज १ गतेबाट सकिदै छ । अनि यो महाअभियोग कसरी पास हुन्छ ?’ नेम्बाङले प्रश्न गरे । काम गरे जस्तो गर्नको लागी महाअभियोग संसदमा ल्याइएको हो । नेम्बाङले भने । महाअभियोग धेरै महिना सम्म संसदमा नल्याएको सरकाले संसद सकिने बेला संसदमा ल्याएर सरकारले हिलो टाल्न खोजेको बताए ।
नेम्बाङले गठबन्धनको सरकारको कारण देश, अदालत सबै बिग्रीएको बताए । दुषित गठबन्धनको कारण देशको आर्थिक स्थिति नाजुक हुँदै गएको,देशमा महङ्गी बढेको बताए । आगामि चुनाबमा एमालेले जितेमात्र देशको अवस्था सुधार हुने र त्यसको लागी एमाले सक्षम भएको नेम्बाङले बताए ।