पाँचथर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ राष्ट्रिय टोलीका लागि पाँचथरका निर्देश राई सहित ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ । निर्देश फिदिम नगरपालिका ४ गडीका खेलाडी हुन् । पाँचथरमा उनि फुटबलप्रमीहरु माझ काली नामले चिनिन्छन् ।
दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो । गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो ।
पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी चुस्त नभएपछि एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्दै आइरहेको छ । यू-१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहेका छन् । नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौ २० देखि भदौ २९ सम्म हुने यू-१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।
दोस्रो चरणमा छानिएका नेपाली यूवा टोली
अभिषेक थोकर, अंकित गुरुङ, असिम जंग कार्की, बिक्रम तामाङ, विनोद केसी, धन सिंह विक, धिरज विक, दिपक थापा मगर, दोलक बहादुर थापा मगर, गौरव महर्जन, हरिश भट्ट, जन प्रकाश बम, कृशल मोक्तान, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मार्सल शाही, मिरक लिङ्देन, मुकेश घर्ती, निखेल सुनार, निराजन धामी, निर्देश राई, निरज कार्की, निशान्त तामाङ, , पाल्देन गुरुङ, प्रशान्त लक्षम, प्रिभिअस सुनवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापा मगर, रुविन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमन्त थापा, सोहन स्याङ्तान, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशिल तामाङ, युनिश बुढाथोकी र युनिस मगर