काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रममा विषयमा कम्यूनिष्ट शीर्ष नेताहरुबीच छलफल भएको छ । आज बेलुका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल, सोही पार्टीका नेता झलनाथ खनाल, केहीदिन अघिमात्रै नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका नेता वामदेव गौतमबीच छलफल भएको नेताहरुको बताएका छन् ।
वाम एकताको अभियान सुरुवात गर्ने जनाएका नेता गौतमले संघ र प्रदेशको निर्वाचनसम्म एकता गरि अघि बढ्न सक्ने सम्भावनाको खोजी गर्न नेताहरुलाई आग्रह गरेको एक नेताले बताए । भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन विषयमा छलफल भएको थियो । उनीहरु तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू हुन् ।