इलाम । इलाम नगरपालिका-१ मिलगाेलाईमा सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङकाे थुम्बेदिनबाट झापा तर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप मेचि राजमार्गको इलाम नेपालटार सडक खण्डमा दुर्घटना भएकाे हाे ।
अनियन्त्रित भइ सवारी राजमार्गबाट अन्दाजी ३ सय मिटर तल पुवाखाेला नजिकै झरेकाे प्रत्यक्षदर्शी निरज दाहालले बताए ।
घाइते मध्ये ४ जनाकाे अवस्था गम्भीर बनेपछि थप उपचारका लागि झापा तर्फ रेफर गरिएकाे छ । अन्यकाे इलाम अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेहरूकाे नाम खुल्न बाँकी छ ।