हेमराज ढकाल
पाँचथर । पाँच महिना अघि टमाटर र खुर्सानी खेतिमा रमाइरहेका थिए भानुभक्त ढकाल । आफ्नो कृषि पेशामा रमाएका ढकाललाई छिमेकी र पशुपालक कृषकको खेर गैरहेको दूध देखेर उनिहरुकै अनुरोधमा डेरि उद्योग संचालन गर्न थाले ।१३ लिटर दुधबाट शुरु गरेको डेरि उद्योगमा अहिले २०० लिटर दूध संकलन हुन्छ ।
। प्रशस्त दूध उत्पादन हुन थालेपछि हिलेहाङका यि युवाले छुर्पी उत्पादन शुरुगरेका हुन् । इलाम गएर छुर्पि बनाउन सिकेका भानुभक्तले अहिले मासिक १ सय केजि भन्दा धेरै छुर्पी उत्पादन गर्छन
किसानले उत्पादन गरेको दूध उपभोक्तामा वितरण गरेपछि बाँकी रहेको दूध खेर फाल्न नपरोस् भनी डेरीले छुर्पी र घिउ उत्पादन गर्न थालेपछि नाम र दामसमेत कमाउन सफल भएको भानुभक्त बताउछन् । हिलिहाङ गाउँपालिका वडा न .१ अमरपुर पुस १४ देखि संचालन गरेका हुन् । यो व्यवसाय थालेको धेरै नभएपनी डेरिले मनग्ये आम्दानी दिएको छ । अहिले ४८ घरबाट दूध आउने गरेको छ । गाईको दुध प्रती लिटर रु ४५ र भैसिको दुध प्रती लिटर ५० ले किन्ने गरेर छन् । केही समय अगाडिसम्म छुर्पी उत्पादन नहुने यो पालिकामा अहिले महिनाको १ सय ५० केजि जिल्ला बाहिर दमक निर्यात हुँदै आएको छ ।
छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँन्छ । तर हिलिहाङ गाउँपलिकामा छुर्पी बनाउने थिएनन् पछिल्लो समय यहाँ उत्पादित छुर्पिको माग हेर्दा छिटै हिलिहाङ गाउँपालिका छुर्पिले पहिचान बनाउन सफल बन्ने बिश्वास गरिन्छ । पाँचथर र इलामको छुर्पी उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ । दुध संकलन गर्ने थालेपछी यस्बाट घ्यू, छुर्पी समेत जिल्लाबाहिर पठाउन थालेको हो ।
किसान वीर बाहादुर शिगु भन्छन ‘यो डेरि हुनु अगाडि हिलिहाङ १ नम्बर वडामा दुध जन्य बस्तु बाट कमाइ सुन्य थियो तर डेरि खुले सँगै प्रतिदिन ८ हजर ५सय देखि १० हजार रुपैया सम्म अम्दानी हाम्रो हातमा पर्नेगरेको उनि बताउछन\ । उनले भने ‘अहिले त घर खर्च गर्न पनि सहज भएको छ’ ।
किसानहरु व्यावसायिक रुपमा उन्नत गाईपालन गर्न थालेका छन् । दुग्ध डेरी छुर्पी उत्पादनप्रति आकर्षित भएको भानुभक्त बताउछन् । मासिक रु १ लाख ५० हजारको छुर्पी उत्पादन हुन्छ भने अहिले सम्म ४ सय केजी जिल्ला बाहिर निर्यात हुँदै आएको छ । हाल २ सय केजि छुर्पी अझै स्टकमा रहेको अमरपुर डेरीका सञ्चालक भानुभक्तले बताए ।
नेपालमा अहिले पनि परम्परागत रुपमा छुर्पी उत्पादन गर्ने चलन छ। छुर्पी उत्पादन गर्दा कुनै पनि किसिमको केमिकलहरु प्रयोग गरिँदैन। त्यसैले स्वास्थ्य साथै गुणस्तरका कारणले पनि नेपाली छुर्पीको माग उच्च भएको हो। अहिले नेपालमा पूर्वीय भेगका जिल्लाहरु जस्तै झापा, इलाम, पाँचथरलगायत अन्य जिल्लाहरुमा छुर्पी उत्पादन गर्ने चलन छ। यी जिल्लाका ६० प्रतिशतभन्दा बढी किसानहरुको आयआर्जनको प्राथमिक स्रोत भनेको नै छुर्पी व्यापार हो।
‘नेपालमा छुर्पीको बजार त्यति राम्रो छैन। त्यसैले धेरैजसो किसानहरुले छुर्पी उत्पादन गर्न छोडिसकेका छन्। तर यही छुर्पीको बजार विश्वको अन्य मुलुकहरुमा विशाल छ। त्यसैले स्थानीय सरकारले नेपाली छुर्पी विश्व बजारमा पुर्याउने सहयोग गर्नुपर्छ ।