केन्जो खबर । चिया विश्वमा सबैभन्दा धेरै पिउने ड्रिन्क हो । तर कतिपय मनिसलाई चियाको बारेमा धेरै भ्रम छ । अझ अहिलेको जस्तो चिसो मौसममा त् चिया धेरै पिइन्छ । थकाइ लागेको बेलामा वा स्ट्रेसले भरिएको दिनमा चियाले निकै आराम र राहत प्रदान गर्छ । नेपालमा चिया पिउने ड्रिन्क मात्र नभएर मानिसको इमोसन पनि जोडिएको छ । यसै प्रसंगमा चियासँग सम्बन्धित केहि भ्रम बारे स्पष्ट गर्ने प्रयास यस लेखमा गरिएको छ ।
हर्बल टी मा क्याफिन हुँदैन स्
सबैभन्दा पहिलो कुरा त हर्बल टी लाई चिया मनिदैन किनकी यो क्यामेलिया साइनेंसिस प्लान्टको प्रोसेसबाट बनाइन्छ । यो फूल, हर्ब, बीउ, रूट्स वा बिरुवाको बोक्राबाट बनाइन्छ । सबै हर्बल टी क्याफिन फ्री हुँदैन । हर्बल टी किन्नु न्दा पहिला सधै लेबल पढेर मात्र किन्नुपर्छ ।
टी ब्यागले पनि चियाको पत्ता जस्तै फाइदा दिन्छ
टी ब्यागबाट चिया बनाउन निकै सजिलो हुन्छ तर खुल्ला चियापत्ती, ब्यागभन्दा राम्रो हुन्छ । टी ब्यागमा चियाको पत्ता सानो(सनो टुक्रा बनाएको हुन्छ त्यसैले यसमा इसेन्शल ओइल्स र अरोमा कम मात्रामा हुन्छ । त्यसैले चियापत्ती नै प्रयोग गर्नु उपयुक्त हुन्छ । टी ब्यागमा एक प्रकारको केमिकल कोटिङ गरिएको हुन्छ जो तातो पानीमा एक्टिभ हुन्छ र यसले क्यान्सर हुने सम्भवना बढाउने विभिन्न अनुसन्धानले उल्लेख गरेका छन् त्यसैले भनिन्छ टि ब्यागमा केमिकल वाटर सल्यूबल हुने हुनाले यसको प्रयोग अघि पहिला चिसो पानीमा धुनुपर्छ ।
ग्रीन टी ब्ल्याक टीभन्दा धेरै हितकारी हुन्छ
ग्रीन टी ब्ल्याक टी भन्दा धेरै पपुलर छ र यो बाहेक यी दुई बिच केही फरक छैन । चियापत्ती फर्मेन्टेशन प्रोसेसपछि हरियो वा कालो हुन्छ । ऐन्टीअक्सिडेन्ट्स दुवैमा पाइन्छ ।
चियामा दूध हालेपछि त्यसको हेल्थ बेनिफिट्स कम हुन्छ
यो एकदम कमन मिथ हो तर यो गलत हो । चियामा दूध हलेर पकाउदा यसको हेल्थ बेनिफिट्स एउटा पनि घट्दैन । दूधमा क्याल्शियम हुन्छ जुन हड्डीको लागि फाइदा जनक हुन्छ । जर्नल अफ एग्रिकल्चर एन्ड फूड केमिस्ट्रीको एक अनुसन्धानको अनुसार चियामा दुध हालेपछि यसमा पाइने कोटेचिनको संख्या उत्तिकै हुन्छ ।
ग्रीन टी ले तौल कम हुन्छ
तौल घटाउनेहरुको बीच यो कुरा निकै पपुलर, ग्रीन टी पिउदा तौल कम हुन्छ । तर यो कुरा सहि होइन । ग्रीन टी मा एक यस्तो स्टिम्यूलेन्ट पाइन्छ जसले शरीरको मेटाबोलिज्म बढाउछ तर त्यस तत्वको मात्रा निकै कम हुन्छ । कतिपय मानिसहरु दिनको चार(पाँच कप ग्रीन टी पिउदा तौल घट्छ भन्ने सोच्छन् तर त्यो साँचो होइन । ग्रीन टी पिउदा तौल घट्दैन ।