केन्जो खबर, पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालीका–४ चिलिङदिनका किसानहरु व्यवसायीक अकबरे खेतीमा लागेका छन् । पछिल्लो दशकमा यो क्षेत्रका किसानले अकबरे खेतीमा पहिचान स्थापना गरेका छन् भने आर्थिक आम्दानीको महत्पूर्ण माध्यमपनि बनेको छ ।
यहाँ उत्पादन भएको अकबरे खेतीलाई गुणस्तरीय मानिन्छ । अकबरे खेती हुने क्षेत्रका अधिकाश घरमा खेती लगाईएको छ । यतिखेर अकबरे पाक्न थालेको छ । अब केहि हप्तापछि गाँउभरी अकबरे रातम्मे भएर फल्ने किसानहरु बताउँछन् ।
पकेट क्षेत्रको रुपमा विकास गरिएको यो क्षेत्रका किसानहरु आफै विरुवा उत्पादन गर्ने र खेती गर्ने गर्छन् । कतिपयले खोसार्नीको विरुवा बेचेर आम्दानी गर्छन् । यहाँ धान, मकै खेती हुने जग्गामा अकबरे खुर्सानीको खेती लगाईएको छ ।
अकबरे खोसार्नी टिप्ने मुख्य सिजनमा बेमौसमी कामदार समेत खटाउनु पर्ने किसानहरु बताउँछन् । यहाँका किसानहरु विभिन्न खेती र पशुपालमा मेहनत गरेकोपाईन्छ । यो मध्ये धेरैले अकबरे खेतीलाई प्राथमिकतामा राखेका छन् । बर्षपिच्छेनै अकबरे खतीगर्ने किसान थपिदै छन् ।
खेतबारी भरी अकबरे खेती देखिन्छ । अकबरे विक्रिका लागि समस्या नभएको किसानहरु बताउँछन् । नजिकै ग्रामिण बजार छ । तर विभिन्न ठाँउबाट आएर गाँउमै अकबरे खरिद हुने किसानहरु बताउँछन् । बरु किसानलाई अकबरेमा ढुसि र डाठ कुहिने समस्याले सताएको देखिन्छ ।
अकबरे खोर्सानीले चिलिङदिनको पहिचान दिएको छ । गाँउमानै खोर्सानी खेतीमा किसानहरु व्यवसायी बन्दै गएका छन् । उनीहरुलाई सरकारले प्राविधिक, आर्थिक सहयोग बढाउदै लैजानु पर्ने देखिन्छ ।