फिदिम । कोरोना संक्रमित भए कोभिड अस्पताल पाँचथरमा आएका बिरामिहरुलाई जनसेवा समाजले दुध उपलब्ध गराउने भएको छ । कोरोना संक्रमण भई कोभिड अस्पतालमा भर्ना भएका बिरामिहरुलाई एक महिना सम्म संस्थाले दुध उपलब्ध गराउन जनसेबा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
समाजले विरामीका लागि आज जेठ १७ गतेदेखि दैनिक ५ लिटरका दरले १ एक महिनासम्म दुध उपलव्ध गराउने अधिकारी बताए । एक महिना को लागी १ सय ५० लिटर दुध बितरण गरिने अधिकारी जानकारी दिए । संक्रमित बिरामिहरुलाई पोसिलो खानेकुराहरु आवश्य पर्ने भएकले एक गिलास दुध भए पनि संस्थाको तर्पmबाट बितरण गरिएको अधिकारीले जानकारी दिए । जनसेवा समाज पाँचथरले बिगतबाट नै पाँचथरमा सामाजिक कार्य गर्दै आएको छ ।
कोरोना संक्रमितहरुलाइ जनसेवा समाजले दुध खुवाउने
कोरोना संक्रमितहरुलाइ जनसेवा समाजले दुध खुवाउने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस