काठमाडौँ ।ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् ।
ग्यालेक्सीको कार्यालयमा आयोजित विदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरुसँग बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताए।