पाँचथर । सँघीय लिम्बुवान मन्च गाउँ कार्य समिति याङवरकले गत बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनको समिक्षा बैठक शनिवार सम्पन्न गरेको छ । उक्त बैठकको अवसरमा खुकुरी चिन्ह बाट याङ्वरक गाउँपालिका उठेका उमेद्धारहरुलाई सम्मान समेत गरेको छ ।
गत बैसाख ३० गते भएको स्थानिय चुनाबमा सँघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले याङ्वरक मा आफ्नै चुनाव चिन्ह दाप सहितको खुकुरी चिन्ह बाट याङ्वरक २ र ४ वडामा बिना गठबन्धन एक्लै उठेको थियो ।
यसपटक सँघिय लोकतान्त्रिक राष्ट्रिय मन्चको तर्फ बाट याङ्वरकमा जम्मा १२ जनाले उम्मेद्धारी दिएका थिए ।