झापा । काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर ३ सय रूपैयाँले वृद्धि भएको छ । भाडा बढेसँगै अब काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर ११ हजार ९३५ रूपैयाँ पुगेको छ । वायुसेवा सञ्चालक संघले आउँदो बुधबारदेखि लागू हुने गरी भाडा बढाएको हो ।
त्यस्तै, अब काठमाडौंदेखि सबैभन्दा लामो दुरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा चार सय ४५ रूपैयाँले बढेर १५ हजार ६ सय ६५ रूपैयाँ कायम भएको छ । माउन्टेन फ्लाइटमा तीन सय ४० रूपैयाँ बढेको छ । अब काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडादर १३ हजार सात सय ६५ रूपैयाँ पर्छ ।
काठमाडौंदेखि विराटनगरको भाडादर २४० रूपैयाँले बढेर ९,३२५ रूपैयाँ, काठमाडौंदेखि जनकपुरको भाडा १३० रूपैयाँले बढेर ५,२५० रूपैयाँ, काठमाडौंदेखि भरतपुरको भाडा ११० रूपैयाँले बढेर ४,४३५ रूपैयाँ पुगेको छ ।
काठमाडौंदेखि पोखराको भाडादर भने १६० रूपैयाँ बढेर ६,३०५ रूपैयाँ कामय गरिएको छ । काठमाडौंदेखि भैरहवाको भाडा २०५ रूपैयाँले बढेर ७,८८० रूपैयाँ, काठमाडौंदेखि नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ बढेर १२,८९५ रूपैयाँ, काठमाडौंदेखि तुम्लिङटारको भाडादर १८५ रूपैयाँ बढेर ७,४६० रूपैयाँ र काठमाडौंदेखि सिमराको भाडादर ९० रूपैयाँ बढेर ३,७२५ रूपैयाँ पुगेको छ । बजारदैनिकबाट